बालकुमारी घटना: आक्रमणमा मारिएका दुई युवकको शव परिवारले जिम्मा लियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवकको शव परिवारले जिम्मा लिएको छ । दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको हो ।

अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले परिवारलाई जिम्मा लगाउने तयारी गरेका छन् । उनको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ । गत शुक्रबार बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो । वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्