प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (आज) मंगलबार उनीहरूबीच राष्ट्रियसभा निर्वाचनबारे भागबन्डा गर्न गठबन्धनमा पहिलो चरणको छलफल भएको हो ।

सो छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका थिए । छलफलमा कुन पार्टीलाई कुन प्रदेशमा कति सिट दिने भन्ने कुरामा दुई नेताले कुराकानी गरेका थिए । बिहान भएको भेटमा करिब २ घण्टा लामो कुराकानी भएको थियो । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालमात्र सहभागी थिए ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । जसमा १९ सिटका लागि निर्वाचन हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा १ सिट भने राष्ट्रपतिले नियुक्त गर्ने छन् । राष्ट्रिय सभा निर्वाचनमा सात दलीय गठबन्धनबीच तालमेल गर्ने सहमति भए पनि सिटका बारेमा कुनै टुंगो भएको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्