प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-३ का ५४ वर्षिय  मिश्रको सोमबार राति निधन भएको हो ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीले बताएका छन् ।

विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुन:स्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील रहेका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले जानकारी दिएका छन् । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्