डोजर पल्टिँदा चालकको मृत्यु !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका-६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको हो ।

सोमबार राति १० बजे पुरानो बसपार्कमा उक्त घटना भएको प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिएका छन् । सूचना अधिकारी चौधरीले दुर्घटनाको जानकारी प्राप्त हुनासाथ आफ्नै नेतृत्वमा १५ जनाको सुरक्षा टोली घटनास्थल पुगेको बताएका छन् ।

उनले भने, ‘जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो ।’ मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्