राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल भइरहेको छ । धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । धरान उपमहानगरका मेयर हर्क साम्पाङले १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए ।

कुनै घटना हुन नदिन उपमहानगरको मूल गेटमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । साम्पाङको कार्यकक्षमा अहिले पाँच दल र साम्पाङ बसेर छलफल भइरहेको पुष्टि साम्पाङको सचिवालयका सदस्य सुदर्शन लिम्बुले बताएका छन् ।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका छन् । मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने माग राखेका छन् । यसो नभए उनले राखेको अडान कायम हुने बताएको छ । दलहरु यो कुरा मिलाउँन तयार देखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्