बुधबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको हो ।

बुधबार तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ । हुस्सु, कुहिरो र हिमपातकाकारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । बुधबार सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्