अस्पतालको बेडमा कुकुर सुतेपछि ३ स्वास्थ्यकर्मी निलम्बनमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले ३ स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । स्वास्थ्यकर्मी २४ घण्टा खटिनुपर्ने इमर्जेन्सी कक्षको बेडमा कुकुर सुतेपछि डिउटीमा लापरवाही भएको भन्दै अस्पताल प्रशासनले ३ स्वास्थ्यकर्मीलाई निलम्बन गरेको हो ।

कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन् । इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । दुई जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।

सो घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ । अस्पतालमा रहेको सिसिटिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्