मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । डडेलधुरा आलिताल-६ घर भएका २५ वर्षीय विनोद एडी तालिमका क्रममा दौडिरहेको बेला  मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

सो घटनामा दुई प्रहरी घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ थानाभ्याङमा बुधबार बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३प २२२ नं को मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान एडी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । उनी बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत थिए ।

मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा-४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएका उनले बताएका छन् । मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्