बिहीबार तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (आज) बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार बिहीबार लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिद-बिक्रि भइरहेको छ ।

यस्तै,  नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १सय ४०, रातो आलु ३५, रातो भारतीय आलु ३०, स्थानीय काउली २०, कागती १ सय २०, सुकेको खुर्सानी ४ सय ८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी प्रतिकेजी ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ कायम गरिएको छ ।

चमसूर, पालुँगो, मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तराई परबर ७० रुपैयाँ, गुन्द्रुक २ सय ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना प्रतिकेजी २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी, ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय १०, नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँ, डल्ले भान्टा ४०, हरियो धनियाँ १ सय रुपैयाँ कायम गरिएको छ ।

समितिले हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ र कालो अंगुर ३ सय २० रुपैयाँ, अनार ३ सय रुपैयाँ किवी २ सय ५० रुपैयाँ, आभोकाडो २ सय ५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको  छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्