आइतबार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आज सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार आइतबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १ सय ५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँका कारोबार भइरहेको छ । स्थानीय काउली १५ रुपैयाँ, कागती १ सय २० रुपैयाँ, सुकेको खुर्सानी ४ सय ८० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, अकबरे हरियो खुर्सानी ५ सय रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यस्तै, डल्ले भान्टा ४० रुपैयाँ, हरियो धनियाँ १ सय १० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २ सय ५० रुपैयाँ छ भने हरियो लसुन १ सय र नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँ कायम भएको छ । यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

समितिका अनुसार तोरीको साग ४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, चमसूर, पालुँगो, मेथीको साग ९० रुपैयाँ, तराई परबर ८० रुपैयाँ, गुन्द्रुक २ सय  ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना २ सय २० रुपैयाँ प्रतिकेजीमा खरिद-बिक्री भइरहेको छ । यसैगरी, हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ, कालो अंगुर ३ सय २० रुपैयाँ, अनार र किबी ३ सय रुपैयाँ, एभोकाडो २ सय ५० रुपैयाँ, अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्