सुट्मालाका सीईओ राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुट्मालाका सीईओ राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन् । राजधानीमा अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड-२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन् ।

नेपाल सरकारका सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरु सम्मानित भएका छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आआफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मानित गरेको हो ।

विभिन्न सामाजिक सेवाका काममा योगदान दिदै आएका कार्कीले यसअघि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन् । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँका अध्यक्षसमेत हुन् । उनी विगत एक दकदेखि कपडा सिलाइ कटाइमा सक्रिय छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्