आइतबार नेप्से परिसुचक २६.३६ अङ्कले घट्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार नेप्से परिसुचक घटेको छ । आइतबार नेप्से परिसूचक २६.३६ अङ्कले घटेको हो ।

आइतबार नेप्से परिसूचक २६.३६ अङ्कले घटेर २०२२.९२ को विन्दुमा कायम भएको छ । आज ३ सय ४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर ९८ हजार ६ सय ३२ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ । जलविद्युत् समूहको उपसूचक १.३ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह २.४० र व्यापार समूह २.१४ प्रतिशतले घटेका हुन् ।

आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४ सय ४ रुपैयाँ बराबरको ५ लाख ५७ हजार १ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्