भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको हो ।

भारतबाट हालसम्म फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिएका छन् । उनले भने, ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ । अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले जानकारी दिएका छन् ।

उनले भने, ‘भेरिएन्ट एकिन गर्न ९ जनाको नमूना काठमाडौँ पठाएका छौँ । दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’ कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्