मंगलबार सुनको मूल्य घट्यो, चाँदीको मुल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ६ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १३ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्