मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा सोमबार राति दुईवटा मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका-३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा -५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् ।

उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ । सोमबार राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र २-०२-००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका-१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताएका छन् ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्