ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन: सचिव सिंह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकिएको बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा सचिव सिंहले यस्तो बताएका हुन् ।

उनले निजामती कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको स्वीकार गरेका छन् । सचिव सिंहले निजामती सेवा ऐनमा दुई वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको जानकारी दिएका छन् । उनले नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको जिकिर गरेका छन् ।

सचिव सिंहले निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्