बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेमाथि बुधबार सजाय निर्धारण हुने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेमाथि बुधबार सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज क्रिकेटर लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने भएको हो ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि बुधबारलाई पेसी तोकिएको हो । ३ वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।

पीडित गौशाला-२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्