किविको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

समितिका अनुसार बुधबार हरियो अंगुर प्रतिकेजी २ सय २० रुपैयाँ, कालो अंगुर ३ सय २०, केरा १ सय ३०, अनार ३ सय, किवि ३ सय, एभोकाडो २ सय ५०, अमला ८० र अम्बा १ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १ सय ५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, ब्रोकाउली ५०,कागती १ सय १०, सुकेको खुर्सानी ४ सय ८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५ सय ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यस्तै, लोकल बन्दा ३०, लोकल गाजर प्रतिकेजी ३० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ५०, राजमा घिउ सिमी ७०, हरियो फर्सी लाम्चो ३०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो, मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार गुन्द्रुक २ सय ५०, डल्ले च्याउ ३ सय ८०, शरीफा २ सय ५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २ सय २० रुपैयाँ केजी, ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २ सय ५०, हरियो लसुन १ सय १०, नेपाली सुकेको लसुन २ सय ६० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्