३ सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्