माघे सङ्क्रान्तिको अवसरमा स्नान गर्न देवघाटमा भक्तजनको घुइँचो…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको हो । त्यसपछि क्रमश:भक्तजन आउने क्रम सुरु भएको हो ।

शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

देवघाटमा भारतलगायत तेस्रो मुलुकबाटसमेत भक्तजन स्नानका लागि आउने गर्दछन् । विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले ५ लाखभन्दा बढी भक्तजन आउने जनाएको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्