रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने १ जना पक्राउ, थप अनुसन्धान तथा कारबाही हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका घर भई कीर्तिपुर बस्ने २८ वर्षीय सरोज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु र त्यसको लागि ७ लाख ३० हजार रुपैयाँ लाग्छ भनेका थिए । रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँ तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ७ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई खोजतलास गर्ने क्रममा बुधबार कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्