५ सय रुपैयाँले बढ्यो शुक्रबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्