ललितपुरका विभिन्न ठाउँमा बिजुली आपूर्ति बन्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ललितपुरमा बिजुली आपूर्ति बन्द भएको छ । ललितपुरका विभिन्न ठाउँमा शुक्रबार ६ घण्टासम्मका लागि बिजुली आपूर्ति बन्द भएको हो ।

ललितपुरको चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म बिजुली मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको हो ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्