युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीले अन्तरक्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेका हुन् ।

सो अन्तरक्रियामा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताएका छन् ।

प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । हजुरहरुसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतसँग छलफल गरिएको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्