उच्च अदालत पाटनद्धारा पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई काम गर्न रोक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले तत्कालका लागि कार्यकारी निर्देशक पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उनको नियुक्ति बदरको माग राखेर भरत मरासिनीले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ भएको थियो । सो पश्चात् उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गरेको हो ।

उक्त आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको छ । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पुनलाई गत पुस ४ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि योग्यतामा प्रश्न उठाउँदै मरासिनीले रिट दायर गरेका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्