काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँका केही स्थानमा सोमबार ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।