काठमाडौँ महानगरद्धारा न्युरोड क्षेत्रको सवारी पार्किङमा रोक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले (आज) मंलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरपालिकाले काठमाडौँ टावरमा नि:शुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रको सवारी पार्किङमा रोक लगाउने भएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा ३ सय वटा चारपांग्रे र ७ सय वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जनाएका छन् । महानगर प्रहरी प्रमुख पाण्डेले बुधबारदेखि पार्किङ निषेध गरेर उक्त क्षेत्रमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिएका छन् ।

‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं,’ उनले भने । प्रहरी प्रमुख पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताएका छन् ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्