५ तलामाथिबाट हाम फालेका व्यवसायी अग्रवालको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अग्रवालको बुधबार बिहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

व्यवसायी अग्रवालले आफ्नै घरको ५ तलामाथिबाट हाम फालेपछि उपचारका लागि उनलाई नवजीवन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो ।

हाल उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्