राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी हुन् ।

सो भेटका अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दक्षिण-पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्