अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई व्यवसाय गरी आयआर्जन गर्न आर्थिक सहयोग गरेको छ । कञ्चनपुरका चार स्थानीय तहका १२ जनालाई सो सहयोग प्रदान गरिएको हो ।

शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा फरक क्षमता भएका व्यक्तिलाई व्यवसाय गर्न जनही रु १९ हजारका दरले सहयोग उपलव्ध गराइएको छ । समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिलाई खुद्रापसल, मसाला पसल, किराना पसल, सिलाइकटाई पसल सञ्चालन तथा बाख्रपालनका लागि सहयोग उपलव्ध गराइएको हो ।

यस्तै, ‘थोरै भए पनि व्यवसाय थाल्न रकम उपलव्ध गराइएको हो । व्यवसाय सञ्चालन पछि तालिम र बजार प्रवद्र्धनमा सहयोग गर्छौँ’, अध्यक्ष जोशीले भने । खुद्रापसल, सिलाई कटाई, किराना पसल र मसाला पसल सञ्चालनका लागि एक एक जना तथा बाख्रापालनका लागि आठ जनालाई सहयोग गरिएको छ ।

उक्त सहयोग पाउनेमा पुर्नवास र लालझाडीका एक-एक, शुक्लाफाँटाका तीन तथा कृष्णपुरका सात जना छन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्