इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ, बचतकर्ताको रकम हिनामिना गरेको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन् । नेपाल प्रहरीले बागलुङस्थित उक्त  सहकारीका कोषाध्यक्ष सुनारलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताएका छन् । उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठ जनालाई प्रतिवादी बनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्