प्रधानसेनापति खुला म्याराथन फागुनमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता-२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवौँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो ।

नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा ४२-१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ । महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताएका छन् । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउने छन् । साथै, अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।

यस्तै, म्याराथनमा पहिलो हुने खेलाडीले रू ३ लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले रू २ लाख, तेस्रोले रू १ लाख, चौथोले रू ५० हजार, पाँचौँले रू ३० हजार, छैटौँले रू २५ हजार र सातौँ हुने खेलाडीले रू २० हजार पाउने आयोजकले जनाएको छ । सोही विधामा आठौँ हुने खेलाडीले रू १५ हजार, नवौँ हुने खेलाडीले रू १० हजार तथा १०औँ हुने खेलाडीले रू ५ हजार पाउने छन् ।

हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश:रू ७५ हजार, रू ५० हजार र रू ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश:रू १० हजार, रू ७ हजार र रू ५ हजार पाउनेछन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले रू १० हजार, दोस्रोले रू ७ हजार र तेस्रो हुने खेलाडीले रू ५ हजार पाउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्