नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ ।  श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिएका छन् । पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा.ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताएका छन् ।

नेपाल एशोशिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज-कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गरेका छन् । नेपालगन्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन अध्यक्ष सिग्देलले आग्रह गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्