श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलाम माङसेबुङकी करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका-२ इभाङका बालध्वज लिम्बू पक्राउ परेका हुन् ।

प्रहरीले सोमबार एक वृद्धलाई हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।

सो पश्चात श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उक्त घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्