सर्वोच्चद्वारा न्यायाधीश मरासेनीको निधनप्रति दु:ख व्यक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधनप्रति दु:ख व्यक्त गरेको छ । मरासिनीको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्चले जनाएको छ ।

सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठक (फूलकोट)ले उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधनमा उच्च अदालत पाटन, हेटौंडा इजलास तथा ती मातहतका जिल्ला अदालत शोक बिदाका रूपमा बन्द रहने निर्णय गरेको छ ।

‘न्यायाधीश मरासिनीको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ’, पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यायाधीश मरासेनीको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्