नगरपालिका र आँखा अस्पतालबीच मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । नगरपालिका र आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको हो ।

सो सम्झौता अनुसार १ हजार लहानवासीको नि:शुल्क शल्यक्रिया गरिने भएको छ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरेका छन् । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरिने भएको हो ।

लहान नगरपालिकाले गत वर्ष पनि १ हजार जनामो मोतिवन्दुको शल्यक्रिया र ७ हजार भन्दा बढीको जाँच उपचार गराएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्