३०.९२ अंकले घट्यो बिहीबार नेप्से परिसूचक, ४ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको १ करोड ५१ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ६३ लाख २१ हजारमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी, सेयर बजारमा समलिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर ९.४२ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्