नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । योसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् ।

त्यसैगरी सन् २०१८मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्