विद्यालय स्तरमा धुर्मपानविरुद्ध सचेतना अभियान सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धुर्मपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न ‘डा.ओम फाउन्डेसन’ले विद्यालय स्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धुर्मपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको हो ।

पछिल्ला दिनमा नेपालमा धुर्मपान र सुर्तीसेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेको छ । अध्ययन अनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ । किशोरावस्थामै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति रहेकाले विद्यार्थीलाई धूमपान र सुर्तीसेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेकाले यो अभियान सञ्चालन गरिएको बताइएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले धुर्मपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतनामूलक अभियान ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरिएको जनाएका छन् । विद्यालय, शिक्षक र अभिभावकले आफ्ना बालबालिकालाई यस अभियानमा सहभागी हुन प्रोत्साहित गर्न फाउन्डेसनले आग्रह गरेको छ ।

पुरस्कार र प्रतियोगिता एउटा माध्यम मात्रै हो । विद्यार्थीलाई एक अभियानमा सहभागी गराउँदा उनीहरुले धुर्मपान तथा सुर्ती सेवनको असरका बारेमा जानकारी पाउने छन् । एउटा अवसरको सन्दर्भमा गरिएका क्रियाकलाप अविस्मरणीय पनि हुने भएकाले प्रणय दिवस तथा सरस्वती पूजालाई रोजिएको डा.अनिलको भनाइ छ । अभियान अन्र्तगत धुर्मपान र सुर्ती सेवनबाट सेवनकर्ता, सेवनकर्ताको परिवार र साथीभाइको स्वास्थ्यमासमेत पर्ने असर झल्काउने गरी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरीजवाफ प्रतियोगिता’ आयोजना गरेको डा.अनिलको भनाइ छ । १२ कक्षासम्मका विद्यार्थी सहभागी हुनसक्ने कविता प्रतियोगितामा पाँच छात्राछात्रलाई उत्कृष्ट रचनाकारका रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् । सहभागीमध्येबाट एक छात्रा र एक छात्रलाई उत्कृष्ट चित्रकारको रुपमा छनोट गरी जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्नेछन् । सहभागीमध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी क्रमश:रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, प्रमाणपत्र र पदक प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्