अध्यागमन विभागद्धारा शुक्रबारदेखि ई-भिसा लागू गर्दै !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ । ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको हो ।

बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई-भिसा लागू गर्न लागेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिएका छन् । नेपालमा अब आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने महानिर्देशक तामाङको भनाइ छ ।

यो भिसा प्रणाली लागु भएसँगै विदेशी नागरिकले जुनसुकै स्थानबाट भिसाका लागि आफैँ आवेदन  गर्न सक्नेछन् । केही समय अघिदेखि परीक्षणका रूपमा शुरु गरिसकेको सेवा पूर्णरूपमा सफल भएपछि औपचारिकता दिन लागेको महानिर्देशक तामाङले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्