फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही गर्ने भएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो ।

वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकाय हुने प्रावधान रहेको कुरा महानगरपालिकाले स्मरण गराएको छ । ऐनमा लेखिएको विपरीत कार्य गरेमा कसुर तथा जरिवानाको व्यवस्था रहेको रहेको कुरामा पनि महानगरले सचेत गराएको छ ।

महानगरले प्रकाशित गरेको सूचना विपरीत फोहोर व्यवस्थापन नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी महानगरको वातावरण विभागले दिएको छ । बाँकि महानगरले प्रकाशित गरेको सूचनामा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्