३३ हजार ३ सय ३३ रुपैयाँ राशिको ‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार-२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार ३ सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरु भक्तलगायतले संयुक्त रूपमा शेरचनलाई हस्तान्तरण गरेका हुन् ।

पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गरेका उक्त पुरस्कार छैटौँ पटकमा साहित्यकार शेरचनलाई प्रदान गरिएको हो । मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याएबापत उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिएका छन् । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् । मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ ।

विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यको भनाइ छ । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्