हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४ सय ३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका छन् । दुई वरिष्ठ उपाध्यक्षमा गङ्गाबहादुर घिमिरे (सागर)ले ४ सय ४२ मत र रामचन्द्र पराजुलीले ४ सय ४३ मत ल्याई निर्वाचित भएका हुन् । सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्