कारोबारको दोस्रो दिन सुनको मूल्य स्थिर रह्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, सोमबार पनि १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ६ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्