‘फागुन १ गते सार्वजनिक बिदा छैन’: गृह मन्त्रालय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गृह मन्त्रालयले फागुन १ गते निर्धारण गरेको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेका हुन् ।

सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको भट्टराईले जानकारी दिएका छन् । सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्