यूरोपतर्फ हुने रूसी निर्यातमा सन् २०२३मा दुई तिहाइले कमी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । यूरोपतर्फ हुने रूसी निर्यातमा सन् २०२३मा दुई तिहाइले कमी आएको जनाइएको छ । यूरोपेली सङ्घ (इयू)ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले कमी आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको हो ।

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न युरोपेली सङ्घ (ईयू)का देशहरूले रूसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन् । सन् २०२३मा यूरोपमा हुने रूसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रूसको सङ्घीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था इन्टरफ्याक्सले जनाइएको छ ।

यस्तै, यूरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रूसले जनाइएको छ । पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापार तथ्याङ्कसहित आर्थिक तथ्याङ्कहरूको विशाल श्रृङ्खला प्रकाशित गर्न बन्द गरेको छ । बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धकाबीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २ सय ४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्याङ्कले देखाएका छन् ।

रूसको केन्द्रीय बैंकले पनि गत हप्ता रूसी बैंक खातामा चिनियाँ युआनको होल्डिङ पहिलो पटक अमेरिकी डलरभन्दा बढी प्गेको जनाएको थियो । रूसको वित्तीय प्रणालीले डलरमा उसको पहुँचमा प्रतिबन्धको सामना गर्दै चिनियाँ मुद्रालाई अँगालेको छ । रूसको समग्र व्यापार अधिशेष सन् २०२३मा १ खर्ब ४० अर्बमा पुगेको छ । यो सन् २०२२को तुलनामा ५८.५ प्रतिशत कम भएको छ । मस्कोले ऊर्जाबाट सङ्कलन गर्ने विशाल राजस्व यसले यूक्रेनविरूद्ध गरेको आक्रमणपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण गुमाएको छ भने यूरोपमा यसले उर्जाको व्यापक अभाव हुनुका साथै मूल्यवृद्धि भएको छ ।

यसैगरी तेल र ग्याँसको मूल्य वृद्धिका कारण यूरोपेली मुलुकले रूसबाट आयात गर्दै आएको उर्जा खरीद्लाई शुन्यमा झार्ने चेतावनीबीच रूसबाट यूरोपतर्फ जाने उर्जा बजारपूर्णरूपमा बन्द हुन सकेको छैन । प्रत्येक महिना अर्बौँ डलरको आम्दानी हुने ऊर्जा निर्यात रूसको बजेटको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो । इन्टरफ्याक्सका अनुसार गत वर्ष यूरोपबाट रूसी आयात पनि १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो भने एसियाबाट खरिद गरिएका सामानको मूल्य २९.२ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब डलर पुगेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्