नेपाल राष्ट्र बैंकद्धारा समयमा नवीकरण नगरेका ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको हो ।

बैंकले एक सुचना जारी गर्दै ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको जनाएको छ ।केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको इजाजतपत्र नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९को उप-विनियम (३) बमोजिम खारेज गरेको हो ।

लाइसेन्स खारेज हुने कम्पनीहरुमा फेयर मनि एक्सचेञ्ज प्रालि बसन्तपुर, काठमाडौँ, न्यातपोल मनि एक्सचेञ्ज प्रालि तौमढी भक्तपुर, कैलाश मनि एक्सचेञ्ज प्रालि क्षेत्रपाटी काठमाडौँ, ग्रेस मनि एक्सचेञ्ज प्रालि टिमुरे गोसाइकुण्ड रसुवा र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि लालदरबार, काठमाडौँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्