विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाइदै..(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आज सरस्वती पूजा । देशभरका विद्यापीठहरूमा देवी सरस्वतीको पूजा आरधाना गरी मनाइदै छ । हिन्दू धर्ममा सरस्वतीलाई ज्ञानकी देवीको रुपमा लिइन्छ । खासगरी विद्यालयहरुमा सरस्वतीको पूजा धुमधामसँग मनाइने गरिन्छ ।

विद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक विश्वास रही आएको छ । ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको धार्मिक विश्वास रहेको छ । आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुँदा आजको दिनलाई बसन्त पंचमी पनि भनिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसरी सरस्वतीको पूजा र आरधाना गर्नाले मूर्ख पनि महान् विद्धान बन्ने विश्वास रहेको छ ।

सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ गराउनु शुभ रहने विश्वास रहेको छ । सनातन हिन्दु परम्पराअनुसार आजको दिन मन्दिर विद्यापीठ र घरमा सरस्वतीको पूजा आरधाना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ ।  हेर्नुहोस् देशभर यसरी मनाइदैछ सरस्वती पुजा:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्