स्ट्रबेरीको मूल्य घट्यो, आइतबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ..

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज स्ट्रबेरीको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आइतबार रुख टमाटर १ सय ४० रुपैयाँ,  नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठुलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा २५, तराईको सानो गोलभेडा २५ रुपैयाँ, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ,  स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, काउली तराई २५ रुपैयाँ, रातो मुला २५ रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो हाइब्रीड मूला २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ९० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ९० रुपैयाँ, घिउ सिमी (राजमा) १ सय १०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

यस्तै, हरियो प्याज १ सय १० रुपैयाँ, बकुला ६०, तरुल ६०, कन्य च्याउ १ सय २०, डल्ले च्याउ सय ८०, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १ सय, रातो बन्दा ५०, ग्याठ कोबी ४०, सेलेरी ९०, पार्सले २ सय, पुदिना ३ सय, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, अदुवा २ सय २० रुपैयाँमा समितिले जनाएको छ । यसैगरी तितो करेला १ सय ३०, लौका ५०, घिरौला ९० रुपैयाँ, फर्सी पाकेको ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, पिंडालू ७०, स्कुस ४० रहेको छ । रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, जिरीको साग ७०, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ७०, सौफको साग ७०,रुपैयाँमा कारोबार भइरहेको छ ।

आज फुजी स्याउ ३ सय २०, केरा १ सय २०, कागती २ सय ५०, अनार ३ सय, हरियो अंगुर १ सय ३०, कालो अंगुर १ सय ८०, नेपाली सुन्तला १ सय ३०, हरियो तर्बुजा ६०, मौसम १ सय ४०, जुनार २ सय, भुई कटहर १ सय ८०, रुख कटहर ९०, लोकल काक्रो १ सय २०, हाइब्रिड काक्रो ६०, निबुवा ५०, चाइनीज नासपाती २ सय ४०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १ सय ६०, लप्सी ९०, किनु ९०, किवी ४ सय, अभोकाडो ३ सय, अमला ९० र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

आइतबार सुकेको खुर्सानी ४ सय २०, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २ सय, भेडे खुर्सानी ९०, हरियो लसुन १ सय २०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन ३ सय ३०, छ्यापी हरियो १ सय १०, छ्यापि सुकेको २ सय,ताजा रहु माछा ३ सय ४०, ताजा बचुवा माछा २ सय ४०, ताजा छडी माछा २ सय ५०, ताजा मुंगरी माछा ३ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्