५ सय रुपैयाँले बढ्यो आइतबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैयरी तेजावी सुन २ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ८ सय २५, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्